काठमाडौं । नेपाली बीमा क्षेत्रमा निरन्तर १५ वर्षदेखि कार्यरत तथा विगत एक दशकदेखि कम्पनीको नेत्तृत्व सम्हाल्दै आएका शालिन तथा अंकगणितमा अब्बल व्यक्तीत्वका रुपमा परिचित व्यक्तीत्व हुन् प्रभु इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्चित बज्राचार्य’ । कुनैदिन इन्जिनिर बन्ने इच्छा राखेर उच्च शिक्षा अध्ययन गरेका बज्राचार्यको यात्रा एक्कासी बीमा क्षेत्रमा मोडिन पुग्यो । बीमा क्षेत्रमा आवद्ध हुनु अघि र यस क्षेत्रमा जोडिएपछि बज्राचार्यका कार्य अनुभवहरु निकै रोचक रहेका छन् । प्रस्तुत छ उनै सीईओ बज्राचार्यसँग आर्थिक भ्वाईसले गरेको कुराकानी ।

बीमा क्षेत्रमा कसरी प्रवेश गर्नु भयो ?

सुरुवाती चरणमा मेरो यो बीमा क्षेत्रमा आउँने सोचाई थिएन । मैले विद्यालय स्तरमा व्यवस्थापन पढ्ने बारे केही पनि सोचेको थिइन । विज्ञान संकायमा जाने मेरो सोचाई थियो । मानिसको जीवन आफूले सोचेको जस्तो मात्रै नहुने रहेछ । सानोमा कसैले सोध्दा म डाक्टर बन्छु भन्थें । जब म आठ, नौ कक्षामा पुगे मलाई इन्जिनियर बन्ने सोच जाग्यो । तत्कालिन समयमा काठमाडौंमा जम्मा ८,१० वटा बोर्डिङ्ग स्कुलहरु थिए, मैले सुरुवाती (प्राथमिक) चरणबाटै बोर्डिङ्ग स्कुलमा पढ्ने मौका पाँए । मेरो स्कुलमा आठ कक्षादेखि एकाउण्ट विषय पढाई हुन्थ्यो । त्यति बेला अन्य स्कुलमा एकाउण्ट विषयमा सितिमिति पढाई हुँदैनथ्यो । मार्टियस मेमोरियल इग्लिस बोर्डिङ हाई स्कुल ज्ञानेश्वरमा मैले आफ्नो स्कुलको औपचारिक शिक्षा पूरा गरेको थिए । त्यहीबाट मैले डेबिट र क्रेडिट सिक्न पाए, अनि विज्ञानको यात्रा अलिकति ढल्किदै गयो ।

इन्जिनियरिङको लागि एक वर्ष कुर्नु पर्ने बाध्यात्मक अवस्था सिर्जना भयो । मैले इन्जिनियरिङ पढ्न एक वर्ष कुर्नु पर्ने भएकाले कमर्श विषय पढ्न सुरु गरें ।

त्यतिबेला पुल्चोक क्याम्पसको भरबाट मात्रै इन्जिनिरिङ पढ्न पाइने बेलामा मैले वि.स. २०४८ सालमा एसएसलसी परिक्षा दिएको थिएँ । बैशाख महिनामा नै ओभरसियरको तीन वर्षे कोर्ष खुल्थ्यो । मैले पुल्चोकमा भर्ना हुने भनेर तयारी गरे पनि मेरो रिजल्ट असार महिनामा आयो । त्यस कारण नै मैले इन्जिनियरिङको लागि एक वर्ष कुर्नु पर्ने बाध्यात्मक अवस्था सिर्जना भयो । मैले इन्जिनियरिङ पढ्न एक वर्ष कुर्नु पर्ने भएकाले कमर्श विषय पढ्न सुरु गरें । नेपाल कमर्स क्याम्पस, मीनभवनबाट आफ्नो अध्ययनलाई निरन्तरता दिँदै मास्टर्स डिग्रीसम्मको अध्ययन गरें ।

बीमा क्षेत्रमै चाँही यात्रा कसरी जोडियो त ?

मैले अघिपनि भनिसकें कि एस.एल.सि. दिने बेलासम्म नै मलाई विज्ञानमा नै रुची थियो । तर परिस्थितीले कमर्स पढें र लेखा सम्वन्धि कार्य गर्ने भएकोले लेखाको अनुभव जुनसुकै क्षेत्रमा पनि काम लाग्छ । त्यसैले करिव १५ वर्ष अघि लेखा प्रमुखको हैसियतमा बीमा कम्पनीमा प्रवेश गरें । यस कम्पनीमा छानिइसके पछि पनि म अरु ठाउँमानै कार्यरत रहेकाले मैले धेरै नै बिचार गरेर बीमामा जाउँ कि नजाउँ भन्ने बिचार गरेर अन्त्यमा बीमा कम्पनीमा काम गर्ने निधो गरें र धेरै नै सोचेर गरेको निर्णय सहि साबित भयो ।

बीमाको व्यस्त सेड्युलबाट बचेको खाली समय चाँही कसरी सदुपयोग गर्नु हुन्छ नि ?

खाली समयमा म गिटार बजाउँछु । एलसलसी दिएपछि मैले साधाना कला केन्द्रमा न्ह्यु बज्राचार्यसंग गिटार सिकेको थिएं । त्यस्तै, मार्सल आर्ट पनि सिकेको थिएं । अहिले पनि म काम चलाउ गितार बजाउँछु, कतिपय बेलामा गुनगुनाउँछु । साथै रमणिय स्थलामा घुम्न रुचाउँछु । मलाई नदि ताल भएको एकान्तस्थल मन पर्छ, त्यसले रिफ्रेस अनुभव गर्छ । त्यसैले अति व्यस्तताका बाबजुद पनि समय निकालेर रमणिय स्थल घुम्न जाने प्रयत्न गर्छु ।

बीमाको विकल्पमा अन्य पेशामा लाग्ने सोचाई थियो कि ?

मेरो परिवार व्यापारिक पुष्ठभूमिको थियो । त्यसैले मेरो सोच पनि व्यापारमा हुनु स्वभाविक नै हो । मेरो त्यहि सोच थियो । तर सबै कुरा सोचे जस्तो हुँदैन । जे हुनुछ त्यहि हुन्छ । मैले अघि पनि भने लेखाको अनुभवले बीमा कम्पनीमा कार्य गर्ने मौका मिल्यो । यो पनि अचम्मको संयोग छ । वास्तवमा म जागिरको खेजिमा थिईन । एक दिन मेरो श्रीमतीले कुनै राष्ट्रिय दैनिकमा बीमा कम्पनीको लेखा प्रमुखको भ्याकेन्सी देखेर मलाई यो नयाँ क्षेत्र हो, एप्लाई गर्ने हो कि भनिन, मैले पनि ठिकै छ नि त एप्लाई गरेर हेरौँ न भनेर एप्लाई गरें र एप्लाई गरेको लामो समय पछि इन्टरभ्युमा बोलाइयो र कडा प्रतिस्पर्धा गर्दै म छानिएँ र नियुक्त भएं । यसरी मेरो बीमा क्षेत्रमा प्रवेश भयो । आज सम्झिँदा रमाईलो लाग्छ समय बितेको पत्तै नभई डेढ दशक भएछ ।

एलसलसी दिएपछि मैले साधाना कला केन्द्रमा न्ह्यु बज्राचार्यसंग गिटार सिकेको थिएं । त्यस्तै, मार्सल आर्ट पनि सिकेको थिएं । अहिले पनि म काम चलाउ गितार बजाउँछु

सीईओ बन्न आवश्यक मुख्य कुराहरु के के रहेछन् ?

सबैभन्दा ठूलो कुरा भनेको आफ्नो क्षेत्रको राम्रो ज्ञान हुनुपर्छ । ज्ञानको साथै मिहिनेत र लगनसिलता मुख्यरुपमा हुनै पर्छ र त्यस पछिको अर्को मूख्य कुरा भनेको शैक्षिक योग्यता हुनुपर्छ ।

बीमा क्षेत्रको लामो अनुभवबाट बीमा कति अपरिहार्य छ जस्तो लाग्छ ?

बीमा भनेको अत्यावश्यक चिज हो । यो अपरिहार्य मात्र होईन अति अपरिहार्य छ । यो प्रत्यक्ष रुपमा नदेखिन सक्छ तर यो एकदम जरुरी छ । बीमा आर्थिक क्षेत्रको बलियो खम्बा हो । बीमा हुनै पर्छ, बीमा नभई केहि हुँदैन ।

प्रभु इन्स्योरेन्सले दाबी भुक्तानी कतिको छिटो दिन्छ ?

दाबी प्रमाणित हुनुपर्यो, प्रभु इन्स्योरेन्सले अत्यावश्यक कागजातहरु पूरा भएको बढीमा ७ दिन भित्र दावी फर्छ्यौट गर्छ ।

बीमा कम्पनीले दाबी भुक्तानी दिँदैनन् भन्ने खास कारण के हो ?

बीमा कम्पनीले दावी भुक्तानी दिंदैन भन्नु सरासर गलत हो । यो बिभिन्न कारणले गर्दा हुने मिस अण्डरस्टान्डिङ्ग र गलत बुझाइको कारणले यस्तो भनिएको हो । बीमा गरेको सम्पत्तिको क्षती भई दावी प्रमाणित भईसकेपछि दावी भुक्तानी पाइन्छ यसमा कुनै शंका नै छैन ।

नयाँ नयाँ ठाउँ जान, प्रतिष्ठित व्यक्तीहरुको अन्तर्वार्ता पढ्न पनि मलाई निकै मन पर्छ । हुन त म साहित्यमा लागेको व्यक्ती होइन तर म आवश्यक परेका केही हरफहरु सहजै रच्न सक्नु, मलाई त्यसमा पनि आनन्द लाग्छ ।

बीमाले तपाईलाई के दियो ?

सबैभन्दा ठूलो कुरा मलाई बीमाले सन्तुष्टि दियो । बीमा एक किसिमले सेवा नै रहेछ । बीमाशुल्क त लिइन्छ, वास्तवमा भन्नु पर्दा बीमाशुल्क महंगो पनि छैन तर समाजमा भएको घटनाको जोखिम बहन गरेर बीमा कम्पनीहरुले सेवा पनि गर्छन । प्रिमियम बापत न्यून रकम लिएर धेरै दुःख तथा आपत परेको समयमा बीमाले सहयोग गर्छ ।

अन्तिममा विशेष सौखका विषय माथि पनि प्रकाश पारिदिनु हुन्छ कि ?

ड्राईभिङमा पनि मलाई सौख छ । लामो यात्रामा सवारी चलाउँन मलाई निकै मज्जा लाग्ने गर्छ । नयाँ नयाँ ठाउँ जान, प्रतिष्ठित व्यक्तीहरुको अन्तर्वार्ता पढ्न पनि मलाई निकै मन पर्छ । हुन त म साहित्यमा लागेको व्यक्ती होइन तर म आवश्यक परेका केही हरफहरु सहजै रच्न सक्नु, मलाई त्यसमा पनि आनन्द लाग्छ । गहिरिएर बसेको बेलामा मैले दुईचार वटा कुराहरु लेख्ने गरेको छु ।

जीवन संघर्षको मैदान हो । यसलाई आफूले जसरी चलायो त्यसरी चल्छ । जीवनलाई सहज तथा सरल बनाउनु पर्छ ।

जीवनलाई कसरी हेर्नुहुन्छ ?

जीवन संघर्षको मैदान हो । यसलाई आफूले जसरी चलायो त्यसरी चल्छ । जीवनलाई सहज तथा सरल बनाउनु पर्छ । म, अत्यन्तै आस्तिक व्यक्ती हो । धर्ममा आस्था राख्छु, तर म, अन्धभक्त होईन । खालिपेट अर्थात भोको बसेर धर्म हुने होईन, म, त्यो कुरा मान्दिन तर भगवानलाई मान्छु । दिनको दुई पटक प्रत्येक दिन बिहान खाना खानु अघि र बेलुका खाना खाएपछि घरको कौशिमा गई भगवानलाई सम्झिन्छु अनि मन भित्रबाटनै प्रार्थना गर्छु र हरेक दिनको जीवनशैली र दिनचर्यालाई मर्यादित तरिकाले सफल बनाउन कोशिस गर्छु ।

अन्तिममा के भन्न चाहनुहुन्छ ?

कहिलेकाही कठिन समय आउँन सक्छ, त्यस्तो बेलामा हामीले धैर्य गर्न सक्नुपर्छ । अवसरको सदुपयोग गर्दै अघि बढ्नु मानविय स्वभाव नै हो । इकोनोमिक्स पढ्दा जानेको कुरा मानिस एउटा असन्तुष्ट प्राणि हो । यो भन्नुको अर्थ यदि मानिस पूर्णरुपमा सन्तुष्ट भयो भने केहि प्रगति हुंदैन । यसले अर्थतन्त्रदेखि सबै कुराको प्रगति हुन्छ र संधै सन्तुष्टि प्राप्त गर्न प्रयत्न गरिरहनु पर्छ र यसले नयाँ नयाँ खोज, सोच र उपलव्धी प्राप्त हुन्छ ।

अन्त्यमा के भन्न चाहानुहुन्छ ?

प्रभुमा बीमा गरौँ, निर्धक्क रहौँ भन्न चाहान्छु ।