काठमाडौँ। प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको  लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।
लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले साउन २ गते बुक क्लोज गर्दै छ।

आजसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयर धनीहरू मात्रै कम्पनीको उक्त लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

कम्पनीले आर्थिक वर्ष २०८०/८१ का लागि सेयर धनीहरूलाई हाल कायम रहेको कम्पनीको चुक्तापूँजीको १८ प्रतिशत बोनस सेयर र ०.९४७४ प्रतिशत नगद लाभांश गरी कुल १८.९४७४ प्रतिशत लाभांश वितरण प्रदान गर्ने निर्णय गरेको छ ।

कम्पनीले साउन २३ गते काठमाण्डौको तीनकुनेमा रहेको प्रभु कम्प्लेक्समा बिहान ११ बजेदेखि साधारण सभा आयोजना गर्दै छ।