काठमाडौंः सन नेपाल लाइफ इन्सुरेन्सको सहायक कम्पनी सन लाइफ क्यापिटलले २ दिने वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

कम्पनीले ‘विश्व वित्तीय सप्ताह–२०२४’ ‘ग्लोबल मनि विक’को अवसर पारेरचैत ७ र ८ गते कार्यक्रम सम्पन्न गरेको हो । क्यापिटलले बालबालिका र युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले श्री चण्डी आदर्श सरल माध्यमिक विद्यालय चाकुपाट, ललितपुर र श्री मल्पि इन्टरनेस्नल कलेज, चक्रपथ, काठमाडौंमा कार्यक्रम सञ्चालन गरेको थियो ।

चैत ७ गते श्री चण्डी आदर्श सरल माध्यमिक विद्यालय चाकुपाट, ललितपुरमा आयोजना गरिएको कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई वित्तिय बजार, धितोपत्र बजार सम्बन्धी जानकारी गराएको कम्पनीले जनाएको छ । साथै, लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरु, इन्टरनेट लगायत अन्य सामाजिक संजालको प्रयोग गर्दा अपनाउनुपर्ने सतर्कताबारे जानकारी दिएको कम्पनीले जनाएको छ ।

चैत ८ गते श्री मल्पि इन्टरनेस्नल कलेज चक्रपथ, काठमाडौंमा बिबिए ८औं सेमेष्टरका विद्यार्थीहरुलाई बिमा क्षेत्र सम्बन्धि साक्षरता अभिवृद्धि गर्ने उदेश्यले हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको थियो । यसमा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।सन लाइफ क्यापिटल धितोपत्र बोर्डबाट स्विकृत प्राप्त मर्चेन्ट बैंकर हो ।