काठमाडौं ।‘सुध्युम्न उपाध्याय’,नेपाली बीमा क्षेत्रमा परिचित नाम हो । उनले निरन्तर यस क्षेत्रमा तीन दशक लामो अनुभव संघाँलेका छन् भने लामो समय प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रुपमा जनरल इन्स्योरेन्स कम्पनीको सफल नेत्तृत्व समेत गर्दै आएका छन् । एकजना व्यक्ती कुनै क्षेत्रमा जोडिन्छ र त्यही आफ्नो जीवनको ठूलो हिस्सा त्यही धरातलमा बिताउँछ भने उसलाई त्यस्तो उर्जा कहाँबाट मिल्छ ? भन्ने प्रश्न पनि उब्जिन सक्छ । उनै सानिमा जिआईसीका सीईओ उपाध्यायले आर्थिक भ्वाईससँग आफ्ना केही प्रेरणादायी तथा रोचक अनुभवहरु साटेका छन् ।

यस्तो छ सीईओ उपाध्यायसँग आर्थिक भ्वाईसका लागि नबिन पोखरेलले गरेको कुराकानीको सार ।

बीमा क्षेत्रमा यहाँको प्रवेश कसरी भएको थियो ?

बीमा क्षेत्रमा मेरो प्रवेश सन् १९९७ मा भएको हो । यस क्षेत्रमा प्रवेश गर्नु अघि मैले अन्य कुनै पनि कामको अनुभव हाँसिल गरेको थिइन । म यही काठमाडौंस्थित कालिमाटीमा जन्मेको हो । कालिमाटिको जनप्रभात माध्यमिकबाट एसएसलसी दिएको हो भने पिपुल्स क्याम्पसबाट आइकम बिमकसम्मको अध्ययन गरेको थिए । बिकम पास गरेपछि मैले स्वतन्त्र प्रतिस्पर्धाका रुपमा नेशलन इन्स्योरेन्सबाट बीाम क्षेत्रको पाइला आरम्भ गरेको हो ।

त्यहाँ कति समय आवद्ध हुनु भयो ?
त्यहाँ मैले ६ वर्ष काम गर्ने अवसर पाए । त्यसपछि मैले छोटो समय (डेढ वर्ष) एलआईसी काम गरे । जहाँ मैले भारितय कल्चरको बारेमा पनि जान्ने सुनौलो अवसर पाए । त्यसपछि लगत्तै एभरेष्ट इन्स्योरेन्समा एजिएमसम्मको काम गरे । सन् २०११ पछि मैले प्रिमियर इन्स्योरेन्समा काम गरेको हो भने सन् २०१९ पछि सानिमा इन्स्योरेन्सतर्फ आएको हो ।

सुरुवाती चरणमा सेवा सुविधा कस्तो लागेको थियो ?
मैले तत्कालिन समयमा पनि एउटा अफिसर लेभलको भन्दा राम्रो सुविधा पाएर काम गरेको थिए । त्यति बेलामा अफिसरको तलब जम्मा ३ हजार रुपैयाँ थियो हामीलाई ४ हजार रुपैयाँ दिइएको थियो ।

बीमा क्षेत्रमा आवद्ध भएर यति लामो समय काम गर्ने बारे केही सोच्नु भएको थियो ?
त्यस्तो त मैले कहिल्यै पनि कल्पना गरेको थिइन । मेहनत गर्दै गए मलाई सफलता मिल्दै गयो ।

बीमा बाहेक अरु क्षेत्रको नेत्तृत्वमा काम गर्ने बारे कहिल्यै कल्पना गर्नु भएको थियो कि ?
मलाई त्यस्तो लाग्दैन । मैले आफ्नो ग्य्राजुयसन लगत्तै काम सुरु गरे । अर्को कुरा भनेको मैले मास्टर्स डिग्री,कानुन संकाय लागायतको पनि अध्ययन गरे । बीमामा नै मेरो रस बस्यो अन्य क्षेत्रमा काम गर्ने सोचाई नै आएन ।

कुन गुरुमन्त्रले यहाँलाई यो पेशामा यति लामो समय टिकायो ?
सबैभन्दा ठूलो कुरा भनेको रिसर्च एण्ड डेभलपमेन्ट नै हो । हामीले नियमित रुपमा खोजी र अध्ययन गर्यो भने मात्र हामी कही पनि टिक्न सक्छौं । हिजो लागू भएको नियम आजलाई चिर,स्थायी हुन्छ भन्ने हुँदैन । हामीले बीमामा सुरुवाती गर्दाका दर, बीमा योजना प्राय धेरै कुराहरु परिवर्तन भइसकेका छन् । यहाँ मुख्य सिद्धान्त बाहेक अरु सबै कुराहरु परिवर्तन हुन्छ । विश्वमा नयाँ नयाँ खतराहरु, जोखिमहरु आउँने गर्छन । इराकको युद्धको बेलामा त्यसले हवाई बीमाको बारेमा विश्वमा चर्चा कमाएको थियो । पेशामा टिक्न यस्ता नयाँ नयाँ कुराहरुको बारेमा खोजी गर्न आवश्यक छ ।

बीमाका डीसीईओ सीईओ बन्न कतिको सम्वभ छ ?
लिडरसिप, म्यानेजमेन्ट र इन्स्योरेन्सको टेक्निकालिटिको ज्ञान हाँसिल गर्ने जो कोहीले सीईओ बन्न सक्छन् । यी तीनवटा कुरा बुझेको मान्छेलाई कुनै पनि संस्थाले छान्ने गर्छ । यी तीन चिज सुधारका लागि व्यक्तीले धेरै मेहनत गर्न जरुरी छ ।

हिजोको दिनलाई फर्केर हेर्दा बीमा क्षेत्रले के दियो ?
बीमाले मलाई समाजमा एउटा पहिचान स्थापित गरिदियो जुन कुनै पनि व्यक्तीको जीवनमा निकै महत्वपूर्ण कुरा हो ।

सीईओ हुन नै अधिकांशले सपना देख्ने गर्छन् । एउटा सीईओको चाही सपना के हुन्छ नि ?
मैले त्यस्तो सोचेको छैन । मैले सहायक स्तरबाट बीमामा छिरेर पन्ध्र वर्षको मेहतपछि सीईओ बन्ने मौका पाएको हो । स्वतन्त्र रुपमा बीमामा छिरेको थियो सीईओ हुने बेलामा पनि स्वतन्त्र रुपमा भएको हो । त्यसैले मेहनतले नै पनिलाई सफलता दिँलाउँछ भन्ने मलाई लाग्छ,सपनामा त्यति विश्वास लाग्दैन । अब मेरो पारिवारीक पृष्ठभूमि हेर्ने हो भने चाही सबैजना साइन्स व्याकग्राउण्डबाट हुनुहुन्छ । म मात्र कमर्शबाट आएको हो । मेरो बुवा वातावरणविदको रुपमा परिचित हुनुहुन्थ्यो । उहाँ वैज्ञानिक पनि हुनुहुन्थ्यो । शिक्षित परिवारमै हुर्केकाले होला मलाई यही विषय पढ्नुपर्छ भन्ने त्यस्तो केही पनि दबाब थिएन तर मैले फरक क्षेत्र नै रोजेको हो । मलाई नेपालमा बसेर ग्लोबल इन्स्योरेन्सको डिग्री हाँसिल गर्न पाएकोमा निकै खुशी लाग्छ । विगतमा कतिपय पाका उमेरका सीईओहरु बसेको ठाउँमा मैले यूवा अवस्थामा बस्न पाएको सम्झदा मलाई बीमा क्षेत्रले दिएको ठूलो उपलब्धि हो जस्तो लाग्छ ।

कुन कुराले व्यक्तीलाई सफल बनाउँने रहेछ ?
सबैभन्दा ठूलो कुरा अध्ययन रहेछ । मैले दैनिक दुई घण्टा अध्ययन गर्ने गरेको छु । कुनै पेशामा काम गर्नु भन्दा पनि त्यहाँका विषय वस्तुहरुको ज्ञान हाँसिल गर्नु पनि ठूलो कुरा हुने रहेछ । तर,जे भए पनि नेपाली बीमा बजारले सुधारको गति लिइरहेको चाही पक्कै हो । यो बढी टेक्निकल विषय हो । तपाईले निकै गहन प्रश्न गर्नु भयो । निर्जीवन बीमा कम्पनीले सबै एक्सपर्ट एकै पटक किन्न सक्दैनन । हामीले आवश्यकता अनुसार ब्रोकर हायर गर्नुपर्छ ।

बीमाको दाबी भुक्तानीको स्पिड बढेको हो ?
पहिलेको हिसाबमा धेरै राम्रो भएको छ । ग्राहकको माग र कम्पनीले दिने सेवामा तादम्यता मिल्दै गएर पनि होला, अहिले काम गर्न पनि सहज अवस्था आएको छ । बीमाको चेतना पनि बढेको र बीमा भन्दा बाहिरका क्षेत्र जति सफा भयो त्यसको प्रभाव बीमामा पनि पर्छ । जस्तै अस्पतालको बिल, ग्यारेको बिल सहि भएमा बीमाले दिने पैसामा कुनै पनि ढिलाई हुँदैन । बीमितलाई छिटो दाबी भुक्तानी दिने कम्पनीहरु नै सफल भएको इतिहास हामी कहाँ छ । कुनै पनि पेशाले ग्राहकको हितको लागि काम गर्ने हो, बीमाले पनि त्यही हो ।

सम्पत्ती बीमाको हकमा सोचे जस्तो बीमा देखिदैन नि । किन होला ?
मानिसले कहिल्यै पनि नकारात्मक सोच्न चाहदैन । आफ्नो घर खत्तम होस् अनि बीमाले पैसा देओस् भन्ने कसैलाई लाग्दैन । यो परेको बेलामा पाइने कुरा हो । यसको लागि एउटा उदाहरण हेरौ । कतिपय बच्चाहरुलाई स्कूल जान तयार नहुँदा उनीहरुकै लागि बाबु आमाले जबर्जस्ती पठाए जस्तै सरकारले पनि नागरिकलाई बीमा गराउँन लाग्नु पर्छ । राज्यले नै यसमा चेतना बढाउँन जरुरी छ ।

के तपाईले अनिवार्य बीमा गर्नु पर्छ भन्न खोज्नु भएको हो ?
पहिला केन्द्रिय सरकारमा भिजन चाहियो, त्यसबाट बीमालाई आनिवार्य गराउँनुपर्छ । त्यसपछि राज्यले आफ्नो विकास निर्माणमा लगाउँनु पर्छ । विपद् व्यवस्थापनको क्षतिको लागि राज्यले भन्दा पनि बीमाको च्यानलबाट काम गर्नुपर्छ । यस्तो अवस्थामा ल अफ लार्ज नम्बर भने जस्तो अन्तर्राष्टिय स्तरबाट पुनर्बीमाले पैसा दिनेगर्छ ।

कृषि बीमाको दाबी भुक्तानी नपाउँनुमा समस्या कहाँ छ ?
समस्या समन्वयमा मात्रै छ । राज्यको निकाय, पशु कार्यालय र मेकानिजममा समस्या भएको हो जस्तो लाग्छ । हामी सबै यो समाजका पात्र हौ । सरकारले वा बीमाले पैसा नदिउ भन्ने उदेश्य चाही राख्दैन । यो पनि समाधानतर्फ लम्किरहेको अवस्था छ ।

अनुदानको रकम उच्च तबबाट दोहन भयो भन्ने आरोप पनि लाग्ने गरेको छ नि ?
यो फेजवाईज आउँने कुरा हो । ठूलो व्यवसायीले धेरै बीमा गर्छन् भने सेमी व्यवसायीले कम बीमा गरेको अवस्था छ । त्यसको असर पनि होला । यसमा बिस्तार सुधार आउँदै गरेको अवस्था पनि छ । राज्यले स्किम दिनुपर्छ । अहिले चाही कृषि बीमामा अनुदान मात्रै दिएको अवस्था छ । अहिले उब्जनिको समर्थ मुल्य देखि विभिन्न कुराहरु समावेश गर्न जरुरी देखिएको छ । बीमाको सबसिटी मात्रै दिएर पुग्दैन । तर,जे भए पनि नेपाली बीमा बजारले सुधारको गति लिइरहेको चाही पक्कै हो ।