काठमाडौं । हाल राजधानीस्थित किर्तीपूरका बासिन्दा हुन्,राजेश नेपाल । उनी नेपाल विद्युत प्राधिकरणमा कार्यरत सरकारी कर्मचारी हुन् । नेपालले गत माघ महिनामा नबिल बैंकबाट कर्जा माग गरेको र तुरुन्तै पाउन सफल भएको अनुभव आर्थिक भ्वाईसलाई सुनाएका छन्।

त्यस्तो कर्जा उनले आफ्नो छोरा पढाईको शिलशिलामा विदेश अध्ययनका लागि जान खोजेको र सोही बेलामा बैंकबाट लिएका थिए। कसैले आफूलाई आवश्यक पर्ने बित्तीकै बैंकसँग कर्जा माग गर्दा सहजै पाइएला कि नपाईएला भन्ने दुविधा पनि आम जनमानसमा रहदै आएको छ । त्यस्तो भ्रम चिर्न तथा बैंकहरुलाई थप व्यवसाय मैत्री हिसाबले काम गर्न पनि उनले आफ्नो अनुभव र सुझाव साटेका छन् ।

आर्थिक भ्वाइससँगको कुराकानीमा उनले आफूले शैक्षिक कर्जा लिएको बताए । त्यसरी नबिल बैंकमा उनले लिएको कर्जा रकम ६० लाख रुपैयाँ रहेछ । त्यस्तो रकम लिनुभन्दा अघि उनले यसरी अन्त कही पनि लोन नलिएको तर अर्काको ऋण लिने ठाउँमा जमानी भने बसेको स्मरण गरे ।

त्यसरी नै आफू नबिल बैंक पुग्दा उक्त बैंकको सेवा दिने तरिका अलि छिटो-छरितो लागेकोमा उनले जोड दिए । त्यस्तै कुनै दिन कसैको पैसा निकाल्न सबेका उनले आफूलाई कसैले विश्वासको आधारमा साक्षी राखेको सुनाउँछन् । त्यसरी नै बैंकले पनि विश्वासको आधारमा नै लोन दिएको महशुस गरेका छ्न् ।

स्टाफको व्यवहार साह्रै मन पर्यो

नबिल बैंकका ग्राहकहरुले गरेको व्यवहार उनलाई हरबखत सम्झना आउँने गरेको छ । ती स्टाफहरुले आफूलाई अरु कसैको घरमा जाँदा घरको मालिकले रेस्पोन्स गर्दा मज्जा आउँने जस्तै लाग्ने गरेको सुनाए ।

लोन डिपार्टका चिफहरुको व्यवहार निकै मैत्रीपूर्ण रहेको र त्यसलाई उनले आज पनि सम्झिन चाहेका छन् । विदेश जाने प्रकृयामा सीओई आउँनुभन्दा अगाडी गरेका सर सहयोगहरुका लागि पनि उनले नबिल बैंक प्रति आभार भाव व्यक्त गरेका छन् ।

अन्य आम सर्वसाधारण जस्तै उनले पनि आफ्नो छोराको विदेश जाने भीजा आएको, एडमीसन गर्ने लेटर हात परेको, साथै आफूले ठूलो गर्जो सहजै टार्न सफल भएको झल्झल्ति सम्झिए। सोही क्रममा उनले गत माघ २९ मा भिजा आएको र त्यसपछि आफू बैंकमा विस्तृतमा बैंकले दिने शैक्षिक कर्जाको बारेमा बुझ्न गएको बताए । उनी कहिले मालपोतमा पुगे त कहिले बैंकका मूल्यांकनकर्ताकोमा धाए । त्यति बेला पनि उनलाई बैंकका मूल्यांकनकर्ताले तुरुन्तै काम गरे अझै याद छ।

साथै, ६० लाख डिमान्ट गर्ने निर्णय उनले गरेका थिए । त्यसरी निर्णय गरेसँगै उनले आफ्नो सम्पत्ती भ्यालुयसन गरेर तुरुन्तै रकम पाएको सुनाए।

त्यति मात्र होइन नलाई शहरिया व्यस्ततामा आफ्नो कार्यालय छाड्नेदेखि छोरा विदेश जाने बेलामा विभन्न तालमेल मिलाउने झन्झटको बेलामा मंसिरमा धान थन्क्यिाएर पुषमा आराम गरेका किसान जस्तो सहज नहुने रहेछ भन्ने लाग्यो । उनले आफ्ना व्यस्तता असारका किसानहरु जसतो बेफुसर्ती भए पनि त्यसको बाबजुत बैंकले दिएको सहज सेवा सधै सम्झिरहन्छन् ।

त्यसको साथै, लोन करेन्ट एकाउन्टमा हुने हरेछ भन्दै उनले राष्ट्र बैंकको नीतिको बारेमा आफू बेखबर रहेको बताउँछन् । नियम जे जस्तो भए पनि बैंकको सेवालाई उच्च सम्मान दिँदै उनले आफ्नो सम्पत्ती बैंकले धरौटी राख्दा पाइने व्याजदरलाई भने नेपाल राष्ट्र बैंकले केही लचिलो नीति लिएमा धेरै नागरिकहरु लाभान्वित हुने सुझाव समेत दिएका छन् ।

यद्यपी उनी आफूले बैंकबाट पाएको सेवामा औधि खुशी छन् । उनले बैंकले आम जनताका सेवा र सहजताका लागि ल्याएका यस्ता लोन स्किमका योजनाहरु बिस्तारै सञ्चय कोषको मोडेलमा लान सके सुनमा सुगन्ध हुने मिठो सुझाव समेत दिएका छन् ।