काठमाडौँ। नेपाल क्रसर तथा खानी उद्योग व्यवसायीहरूले असार १ गतेदेखि आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
आज काठमाडौँमा पत्रकार सम्मेलन गरी उनीहरूले नेपाल क्रसर तथा खानी उद्योग व्यवसायीहरूले क्रसर, खानी तथा बालुवा उद्योगहरूको नवीकरण नभए असार १ गतेदेखि देशभरका क्रसर, खानी तथा बालुवा उद्योग एवं बिक्री वितरण अनिश्चित कालका लागि बन्द गर्ने चेतावनी दिएका हुन्।
पत्रकार सम्मेलनमा बोल्दै महासंघका महासचिव पुरुषोत्तम रेग्मीले क्रसर, खानी तथा बालुवा उद्योगहरूको नवीकरण नभए असार १ गतेदेखि देशभरका सम्पूर्ण क्रसर, खानी तथा बालुवा उद्योगहरूको उत्पादन तथा बिक्री वितरण कार्य ठप्प गरी अनिश्चित कालको लागि बन्द गर्ने चेतावनी दिएका छन् ।
महासचिव रेग्मीले आफूहरूले सरकारलाई बारम्बार निर्णय कार्यान्वयनका लागि ताकेता गर्दासमेत कार्यान्वयन हुन नसकेको भन्दै निर्णयहरू कार्यान्वयन नभएसम्म उद्योगहरूको ताला, चाबी सरकारलाई बुझाएर उद्योगहरूमा भएका सवारी, मेशिनरी औजार, हेवी इक्वीपमेन्ट तथा कार्यरत मजदुरहरू समेत राजमार्गमा राखी विरोध प्रदर्शन गर्ने बताए ।
उनले भने, ‘नेपाल सरकारबाट कानुन बमोजिम दर्ता भई ईजाजत र अनुमति लिई सञ्चालनमा रहेका क्रसर, खानी तथा बालुवा उद्योगहरू २०८१ जेष्ठ ३२ गते भित्र नवीकरण गर्न नेपाल सरकारबाट मातहतका निकायहरूलाई लिखित स्पष्ट निर्देशन र निर्णय नभएको खण्डमा यस महासंघ बाध्य भई २०८१ असार ०१ गतेदेखि हाम्रा देशभरका सम्पूर्ण क्रसर, खानी तथा बालुवा उद्योगहरूको उत्पादन तथा विक्री वितरण कार्य ठप्प गरी अनिश्चित कालको लागि बन्द गर्ने र हाम्रा उद्योगहरूको ताला, चाबी सरकारलाई बुझाएर उद्योगहरूमा भएका गाडी, मेशिनरी औजार, हेवी इक्वीपमेन्ट तथा कार्यरत मजदुरहरू समेत राजमार्गमा राखी विरोध प्रदर्शन गर्ने निर्णय भएको ब्यहोरा समेत जानकारी गराउँछौँ।’
२०७९ वैशाख ११ गते बसेको मन्त्रीपरिषद् बैठकले ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धमा आवश्यक पर्ने कानूनको मस्यौद मन्त्रालयले संवत् २०७९ साल फागुन १५ भित्र मन्त्रिपरिषद्मा पेश गर्ने, कानुन नबनेसम्म निर्माण कार्यमा प्रयोग हुने ढुङ्गा, गिट्टी, बालुवाको उपलब्धता निरन्तर रूपमा गर सम्मानित सर्वोच्च अदालतको आदेश, वातावरणीय संवेदनशीलता, विकास निर्माणको काममा निर्मा सामाग्रीको सहज र नियमित आपूर्ति व्यवस्थालगायतका व्यवहारिक पक्ष र सम्बः सरोकारवालाहरूको सरोकारलाई समेत मध्यनजर गरी मन्त्रालयले मापदण्डको पुनरावलोकन गर्ने, दर्ता नभई सञ्चालनमा रहेका र कुनै आयोजना विशेषका लागि सञ्चालन गरिएका तर उक्त आयोजना सम्पन्न भइसकेपश्चात् पनि सञ्चालनरत रहेका क्रसर उद्योगहरू बन्द गर्ने, संलग्न ढुङ्गा गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी ९दोस्रो संशोधन मापदण्ड, २०७९ स्वीकृत गर्ने, दर्ता भई सञ्चालनमा रहेका तर मापदण्डलगायतका कारण नवीकरण हुन नसकेका क्रसर उद्योग: हकमा ती उद्योगबाट कानुनबमोजिम लाग्ने कर, दस्तुर, शुल्कलगायतका राजस्व लिई २०८० असार मसान्तसम्म यथावत् रूपमा सञ्चालन गर्ने र उल्लेखित विषय तथा सम्बन्धित मापदण्डमा लेखिएका प्रावधानहरू कार्यान्वयनका ल मन्त्रालयले सम्बद्ध निकायहरूमा परिपत्र गर्ने निर्णय गरेको थियो ।







