काठमाडौं । बीमा विज्ञ भोजराज शर्माले सबैभन्दा पहिले जो कोहीले आफूले किन बीमा गर्दैछु भन्ने कुरा थाहाँ पाउनुपर्ने बताएका छन् । उनले बीमा गरेपछि हुने रक्षावरणलाई ख्याल गर्दै बीमा गर्नु पर्ने सुझाएका हुन् ।

पछिल्लो समय बोनस दरमा नै बीमा कम्पनीहरुको प्रतिस्पर्धा चलिरहेको बेलामा बीमा बेच्ने अभिकर्ताहरुले समेत बीमा बेच्ने माध्यम बोनसलाई बनाएको पाइन्छ । यस्तो अवस्थामा विज्ञ शर्माले बोनस भनेको घटबढ हुने भएकाले कुन बीमा आफूलाई आवश्यक छ पहिचान गर्नु पर्ने बताएका हुन् ।

जीवन बीमा कम्पनीहरुले बीमितलाई वा तीनका हकवालाई बोनस दिन्छन् तर त्यसरी दिएको बोनस उनीहरुले बीमा गराउँने बेलामा तोकिएको बोनस भन्दा फेरबदल भएर आउँने गर्छ । जब बोनस नै फेरबदल हुन्छ तब बोनस पाउँछौं अन्य अन्य फिल्डमा भन्न मिले पनि बीमामा नसुहाउने विज्ञ शर्माको भनाई छ । उनले बोनसलाई बीमाको प्रचार गर्ने पोइन्ट नबनाउँन पनि सुझाव दिएका छन् । त्यस्तै, बोनसको प्रकृति नै एक साल घट्ने अर्को साल बढ्ने, एक साल घट्ने एक साल बढ्ने किसिमको हुने बताएका छन् । यसको मतबल बोनस दर स्थिर हुँदैन भन्ने उनको आशय हो ।

सबैभन्दा ठूलो कुरा भनेको बीमाले दिने सेक्यूरीटी, सुरक्षा भएकाले नै त्यसका लागि नागरिकहरुले बीमा गर्ने बानी बसाल्नु पर्ने बताएका छन् । उनले बोनस दरलाई बीमाको क्राइटएरिया जस्तो नदेखाउँन पनि अनुरोध गरेका छन् । भवितव्य पर्दा व्यक्तीले पाउँने लाभ नै ठूलो कुरा हुने भएकाले बीमाले केही पनि नदिने जस्तो बोनसको आश, लोभ नदेखाउँन अनुरोध गरेका छन् । बीमा अभिकर्ताहरुको समेत बाध्यता दर्शाउदै उनले व्यवसाय भित्रउँनको लागि मात्रै बीमाको बोनस दर देखाउँने भन्दा पनि यसको वास्तविक महत्व बुझाउँन सके बीमा गर्ने नागरिकहरुको संख्या आफसेआफ बढ्ने उनी सुनाउँछन् ।

त्यस्तै, बीमा कम्पनीहरुले आफ्नो बोनस दर स्थिर नहुने भएकाले त्यस्ता अस्थिर कुराको प्रचार गनु सहि नभएको भन्ने सुझाव दिएका छन् । त्यसको सट्टा उनले बीमाकै निकै राम्रा पक्षहरु लुकेर रहेको र त्यस्ता पक्षहरुलाई समाजमा उजार गर्न सकेमा, त्यस्ता सबल पक्षहरुको प्रचार गर्न सकेमा बीमा गर्ने बीमित र बीमा कम्पनी बिचको सम्बन्ध थप हार्दिकता पूर्वक रहने बताएका छन् । उनले बोनसमा धेरै कुराहरुले प्रत्यक्ष प्रभाव पार्ने पनि सुनाए । ठूलो जोखिम आइपर्दादेखि प्रतिपस्पर्धी कम्पनीहरुले समेत व्यवसाय लग्दा समेत बोनसमा व्यापक फेरबदल हुनसक्ने ठाउँहरु प्रशस्तै रहेको बताएका छन् । उनले बीमा गर्ने १५ वर्षे, २० वर्षे अवधिका समेत बोनस दर फरक पर्ने भएकाले कम्पनीहरुले बोनसको प्रचार गर्न धेरै जाग्न नहुने बताएका हुन् ।

उनले बीमितहरुले सबैभन्दा पहिला बीमाको महत्व बुझ्नु पर्ने र आफूलाई आवश्यक रहेको बीमा मात्रै खदिर गर्नुपर्ने बताएका छन् । त्यस्तै, बीमालेख किन्दा आफ्नो आम्दानीको स्तर, बचतलाई समेत ध्यान दिनुपर्ने बताएका छन् । बोनसको लोभमा बीमा गरिरहेका जो कोहीलाई उनले बीमाको महत्व बुझेर मात्रै बीमा गर्नु पर्ने बताए ।