काठमाण्डौ । आईपीओ निष्कासनका लागि रिलायन्स स्पिनिङ मिल्सले स्वीकृत पाएको छ।
कम्पनीले बुक बिल्डिङ प्रक्रियामा रहेको कम्पनीलाई बोर्डले ६० प्रतिशतले हुन आउने ११ लाख ५५ हजार ९६० कित्ता आईपीओ निष्कासनका लागि स्वीकृती प्रदान गरेको हो।
कम्पनीले प्रतिकित्ता ८२०.८० रुपैयाँका दरले हआउने ९४ करोड ८८ लाख रुपैयाँ ११ हजार ९६८ रुपैयाँबराबरको आईपीओ निष्कासका लागि बोर्डबाट अनुमति पाएको हो। कम्पनीले संस्थागत लगानीकर्तालाई भने सेयर बाडँफाँड गरिसकेको छ।
यसको मूल्य ६०८ देखि ९१२ रुपैयाँसम्म प्रस्ताव गरिएको थियो। कटअफ मूल्यमा अब १० प्रतिशत घटाएर ८२०.८० रुपैयाँ प्रतिकित्तामा सर्वसाधारणलाई आईपीओ निष्कासन गरिनेछ।







