काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष तथा निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष समेत रहेको राजेन्द्र मल्ल लायन्स क्लव इन्टरनेशनलद्धारा सम्मानित भएका छन् ।
ललितपुरमा आयोजित एक कार्यक्रममा क्लबले मल्ललाई कर्पोरेट सोसियल अवार्डबाट सम्मान गरेको हो। व्यावसायिक नेतृत्वमा रहेर सामाजिक क्षेत्रमा मल्लले गरेको योगदानको कदर स्वरूप चेम्बरका निवर्तमान अध्यक्ष मल्ललाई सम्मान गरिएको लायन्स इन्टरनेशनले जनाएको छ ।
उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल एवं लायन्स इन्टरनेशनलका पदाधिकारीले मल्ललाई संयुक्त रुपमा सम्मा गरेका हुन् । अध्यक्ष मल्लले कर्पोरेट संगै सामाजिक क्षेत्रमा पनि विभिन्न अभियान चलाउँदै आएका छन् ।
लायन्स इन्टरनेशनलद्धारा सम्मानित चेम्बर निवर्तमान अध्यक्ष मल्लले कर्पोरेट क्षेत्रबाट सामाजिक क्षेत्रमा थप काम गर्नका लागि प्रेरणा मिलेको बताए । लायन्स जस्ता संस्थाले जलवायु परिवर्तन विरुद्ध प्रभावकारी कदम चाल्नुपर्ने उनको भनाई छ ।







