सूर्यज्योति लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा अधिक मात्रामा बढेको छ।

कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३९ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १४६.०३ प्रतिशतले धेरै हो । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले १६ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको खुद बीमाशुल्कआर्जन २७.५२ प्रतिशत बढेको छ भने कुल आम्दानी ३०.१८ प्रतिशत बढेको छ। त्यस्तै, कमपनीको खुद दाबी भुक्तानी ३३.६२ प्रतिशत र कुल खर्च २८.२३ प्रतिशत बढेको छ।

यस समिक्षा आवधिमा कम्पनीको प्रतिशेयर आम्दानी पनि ४ रुपैयाँ ३७ पैसाले बढेर ७ रुपैयाँ ९१ पैसा पुगेको छ। असार मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ५४.३४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ५६ पैसा रहेको छ।

५ अर्ब १ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको महाविपत्ती कोषमा ३४ करोड ६८ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ५६ करोड ९५ लाख रुपैयाँ र अन्य इक्विटीमा ६१ करोड ५२ लाख रुपैयाँ रहेको छ।