काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले असार २९ गतेदेखि हकप्रद निष्काशन तथा बिक्री खुला गर्ने भएको हाे ।

कम्पनीले हाल कायम रहेको चुक्त पूँजीको ५० प्रतिशत अर्थात १० कित्ता शेयर बराबर नयाँ ५ कित्ता शेयर निष्काशन गर्न लागेको हो । ८२ करोड २१ लाख ४५ हजार ९७१ रुपैयाँ ७८ पैसा बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएकाे छ ।

कम्पनीले हकप्रद निष्काशनको लागि असार १ गते बुक क्लोज गर्ने निर्णय गरेकोले जेठ ३२ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रद पाउन सक्ने छन् । लगानीकर्ताले साउन १८ गतेसम्म हकप्रदमा आवेदन दिन सक्ने छन् ।

हकप्रद शेयर निष्काशनका लागि मुक्तिनाथ क्यापिटल बिक्रि प्रबन्धकमा रहेको छ ।