काठमाडौँ । असोज १० देखि १२, २०८१ सम्म नेपालका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढी, पहिरो र व्यापक डुबानबाट प्रभावित समुदायलाई मेटलाइफ नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २५ लाख रुपैयाँको सहयोग गरेको छ ।
भारी वर्षाले देशभरि ठूलो क्षति पु¥याएको छ, धेरै परिवारहरू विस्थापित भएका छन् र तत्काल प्रभावित क्षेत्रहरूमा सहायताको आवश्यकता छ । यस योगदानले देशको बृहत् पुनः स्थापना प्रयासहरूलाई सहयोग गर्दै बाढी र पहिरोबाट प्रभावितहरूको तत्काल आवश्यकतालाई सम्बोधन गर्ने लक्ष्य राखेको छ ।
वाग्मती र नख्खु नदीले घेरिएको काठमाडौँ नजिकका क्षेत्र लगायत नेपालका पूर्वी र दक्षिण पूर्वी क्षेत्रहरू सबैभन्दा बढी प्रभावित भएका छन्, जसमा २०० भन्दा बढीको मृत्यु भएको छ, १५८ घाइते भएका छन् र २८ जना बेपत्ता भएका छन् । राजमार्गहरू, जलविद्युत स्टेसनहरू, र सडकहरू सहित प्रमुख पूर्वाधारहरूमा विनाशहरू भएका थिए, जसका कारण १३,००० भन्दा बढी मानिसहरूलाई उद्धारको आवश्यकता परेको थियो ।
मेटलाइफ नेपालका महाप्रबन्धक, निर्मल काजी श्रेष्ठले भने: “अहिले हाम्रो ध्यान यस विपद् पछि संघर्ष गरिरहेका मानिसहरूलाई मद्दत गर्ने कुरामा छ । हामी आशा गर्छौँ कि राहत कोषमा हाम्रो योगदानले जसलाई यसको सबैभन्दा बढी आवश्यकता छ उनीहरूलाई केही सान्त्वना र समर्थन गर्दै राहत र पुनः स्थापना प्रक्रियामा मद्दत गर्नेछ ।“
MetLife, Inc. (NYSE: MET) आफ्ना सहायक र सम्बद्ध संस्थाहरू सहित (“MetLife”) वित्तीय सेवा प्रदायक विश्वका प्रमुख कम्पनीहरू मध्येको बीमा, एन्युटी (Annuities), कर्मचारी लाभ योजनाहरू र सम्पत्ति व्यवस्थापनको सेवा प्रदान गरी व्यक्तिगत तथा संस्थागत ग्राहकहरूलाई अझ सुनिश्चित भविष्य निर्माण गर्न मद्दत गरिरहेको एक प्रमुख वित्तीय सेवा प्रदायक कम्पनी हो । सन् १८६८ मा स्थापित भएको MetLife, विश्वभर ४० भन्दा बढी बजारहरूमा सञ्चालनमा रहेको छ र संयुक्त राज्य अमेरिका, एशिया, ल्याटिन अमेरिका, युरोप र मध्य पूर्वमा अग्रणी स्थान ओगटेको छ । थप जानकारी का लागि, कृपया www.metlife.com हेर्नुहोस् ।







