काठमाडौं । मेटलाइफ नेपालले आफ्ना ग्राहकहरूसँग गहिरो सम्बन्ध बढाउन र निरन्तर सहयोग प्रदान गर्नका लागि मेटलाइफ “सधै तपाइको साथ“ (विथ यु) एक अग्रगामी कार्यक्रमको सुरुवात गरेको छ । यस अभिनव कार्यक्रमले कम्पनी र ग्राहक बीचको सम्बन्धलाई सुदृढ पार्ने उद्देश्यले आफ्नो बीमा योजना र अतिरिक्त सेवाहरू बारे राम्ररी जानकारी प्रदान गर्दै उनीहरूलाई कम्पनी प्रति विश्वस्त रहन सुनिश्चित गर्ने लक्ष्य राखेको छ ।
यस कार्यक्रमको मुख्य उद्देश्य ग्राहकहरुलाई व्यक्तिगत सेवा प्रदान गर्ने प्रतिबद्धता रहेको छ । मेटलाइफका अभिकर्ताहरूले आफ्ना ग्राहकहरूसँग नियमित रूपमा सम्पर्कमा रहनेछन्, र परम्परागत बीमाको दायरालाई पार गरेर प्रत्यक्ष भेटघाट गर्नेछन् । यी भेटघाटहरू केवल शिष्टाचार भेट मात्र नभई ग्राहकहरूलाई बीमा योजनाहरूको जानकारी र विभिन्न अन्य सेवाहरूको विस्तृत मार्गनिर्देशनहरू प्रदान गर्दै सेवाहरूलाई प्रभावकारी रूपमा प्रयोग गर्न मद्दत गर्ने उद्देश्यले आयोजना गरिनेछ । साथै, ग्राहकहरुले मेटलाइफ नेपालको नयाँ पहलहरू र ग्राहकहरूको लागि हुने गतिविधिहरू बारे जानकारी प्राप्त गर्नेछन् ।
मेटलाइफ नेपालका महाप्रबन्धक श्री निर्मल काजी श्रेष्ठले भने, “यस कार्यक्रम सँगै मेटलाइफ नेपालले ग्राहक संलग्नतामा नयाँ मापदण्ड स्थापना गर्दैछ, र उत्कृष्ट, ग्राहक–केंद्रित सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई थप मजबुत बनाउँदैछ । यस ’सधैं तपाईंको साथ’ कार्यक्रम हाम्रो ग्राहकहरूसँगको सम्बन्धलाई पुनः परिभाषित गर्ने महत्वपूर्ण कदम हो, जसले ग्राहकहरुलाई हामी संगको यात्रालाई निर्धक्क भएर अगाडि लैजान आत्मविश्वास दिने लक्ष्य राखेको छ ।“
मेटलाइफ नेपालका बारेमा
मेटलाइफको सहायक कम्पनीको रुपमा संयुक्त राज्य अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ ईन्स्योरेन्सको शाखाको रुपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो । नेपालमा मेटलाइफले उपभोक्ता तथा व्यवसायहरुलाई जीवन बीमा, दूर्घटना तथा स्वास्थय बीमा, र कर्मचारी लाभ (समूह बीमा) जस्ता सुविधाहरु प्रदान गरिरहेको छ । अधिक जानकारीका लागि www.metlife.com मा जानुहोस् वा ९७७–१–५९७०१६६ मा सम्पर्क गर्नुहोस्।







