काठमाडौँ। दैनिक रूपमा एक पछि अर्को रेकर्ड कायम गरेको सुनको मूल्यले नेपाली बजारमा आज पनि नयाँ रेकर्ड बनाएको छ ।
सोमबारको आफ्नै रेकर्डलाई तोड्दै सुन मंगलबार हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज सुन प्रतितोला ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।
यता, चाँदीको मूल्य समेत तोलामा पाँच रुपैयाँले बढेको छ। चाँदी प्रतितोला दुई हजार १०० रुपैयाँमा कारोबार भइरहेको हो। सुनको मूल्य घट्ने आधार नभएको कारण मूल्यमा थप बढोत्तरी आउने महासंघले जानकारी दिएको छ ।







