काठमाडौं । बैंकहरुको कर्जाको ब्याज असुलीमा केही सुधार आएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म आइपुग्दा १४ वटा वाणिज्य बैंकहरुको २ अर्ब ८२ करोड ४७ लाख १४ हजार रुपैयाँ मात्रै कर्जाको ब्याज उठाउन बाँकी रहेको छ ।
अघिल्लो वर्ष २० वटै बैंकले कर्जाको ब्याजदर उठाउन सकेका थिएनन् । २०८० असोज मसान्तसम्ममा २० बैंकको उठ्न नसकेको ब्याजदर १३ अर्ब ४४ करोड ९ लाख ३० हजार रुपैयाँ थियो । एक वर्षको अवधिमा यस्तो कर्जाको ब्याजदर १० अर्ब ६१ करोड अर्थात् ७८.९८ प्रतिशतले घटेको छ । अर्थतन्त्रमा समस्या देखिँदा बैंकको ऋण असुलीमा समस्या देखिएको छ ।
यो १ बर्षको अवधिमा ६ बैंकले भने विगतमा उठ्न नसकेको ६४ करोड १९ लाख ५० हजार रुपैयाँ कर्जाको ब्याज उठाउन सफल भएका छन् । समयमा नै कर्जा असुली हुन नसक्दा बैंकहरुको खराब कर्जाको मात्रा बढ्दै गएको छ । अर्थतन्त्रमा देखिएको समस्याका कारण यस्तो हुन गएको हो ।
असोज मसान्तसम्मको तथ्यांक हर्दा सबैभन्दा बढी ब्याजदर उठाउन बाकीँ नबिल बैंकको रहेको छ । भने सबैभन्दा कम सानिमा बैंकको रहेको छ । नविल बैंकले ४९ करोड ९४ लाख २७ हजार रुपैयाँ कर्जाको ब्याज उठाउन नसक्दा सानिमा बैंकले जम्मा ५८ लाख ४ हजार रुपैयाँ ब्याजदर मात्र उठाउन सकेको छैन ।








