काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा.सरोज शर्मालाई स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको छ ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरीय निर्णय मार्फत डा.शर्मालाई उक्त जिम्मेवारी दिएका हुन् । मन्त्रिपरिषद्धारा नयाँ कार्यकारी निर्देशक नियुक्त नभएसम्मका लागि शर्मालाई आर्थिक र प्रशासनिक अधिकारसहित यो जिम्मेवारी दिइएको हो।

बोर्डका अध्यक्ष रहेका डा.गुणराज लोहनीले गत भदौको अन्तिम साता राजीनामा दिएपछि अध्यक्ष विहीन भएको हो।