काठमाडौँ । हिमालयन डिष्टिलरीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको मंसिर २३ गते बसेको संचालक समितिको बैठकले १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद (करसहित) गरी जम्मा २० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

उक्त लाभांश प्रस्ताव पारितका लागि कम्पनीले पुष २८ गते बिहान १० बजे का लागि साधारण सभा आव्हान गरेको छ । जसका लागि पुष १९ गते बुक क्लोज गर्ने कम्पनीले जनाएको छ ।