काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज सगरमाथा जलविद्युत कम्पनी र साहस उर्जा लिमिटेड गरी दुईओटा हाइड्रोपावर कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।

सगरमाथा जलविद्युत कम्पनीको ४.७५ प्रतिशतले हुन आउने ५ लाख ३२ हजार कित्ता शेयर र सहस उर्जाको ८ प्रतिशतले हुन आउने २८ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।