काठमाडौँ। बिहीबारदेखि सर्वोच्च अदालतले सुरु गरेको राष्ट्रिय परिचयपत्र विवादमा सुनुवाइ शुक्रवार पनि निरन्तरता दिएको छ । उक्त मुद्दाको आज अन्तिम सुनुवाइ हुने भएको छ ।
(आज) बिहीबार रिट निवेदकका तर्फबाट बहस सुन्दै सर्वोच्चले निर्णय सुनाउने भएको छ। हिजो सबै पक्षको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको र आज बहसपछि निर्णय हुने सर्वोच्च अदालतले जनाएको छ ।
सर्वोच्चले सरकारको भ्याकेज जारी गरेमा यसअघि जारी भएको अन्तरिम आदेश खारेज हुँदै सबैमा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा लागू हुनेछ। यदि सर्वोच्चले भ्याकेटको निवेदन खारेज हुने निर्णय सुनाएमा अन्तरिम आदेश निरन्तर हुँदै नागरिकता सहितका परिचयपत्रका आधारमा सामाजिक सुरक्षा भत्ता देखि अन्य काम सहजै हुनेछन् ।







