काठमाडौँ। आज पौष २४ गतेका दिन गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओमा आवेदन दिने अन्तिम मौका रहेको छ।
कम्पनीले पुस २१ गतेदेखि रु १०० अंकित दरका १८ लाख ४५ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनले तोकेका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्। साथै लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा कुमारी क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले गत मंसिर १९ गतेदेखि पुस ३ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि २ लाख २५ हजार कित्ता आईपीओ जारी गरेको थियो। उक्त आईपीओ पुस ८ गते बाँडफाँड भएको थियो।







