काठमाडौँ । गार्डियन माइक्रो लाइफ इन्सुरेन्स लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले आगामी चैत ११ गतेका लागि होटेल एयरपोर्ट, विराटनगरमा बिहान ११ बजे सभा बोलाएको हो।

उक्त सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल हुनेछ । साथै, अन्य उपयुक्त इन्सुरेन्ससँग मर्जर–एक्विजिशनसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेटिएको छ ।

सभाले २ जना सञ्चालन नियुक्त गर्नेछ । त्यस्तै, लेखा परीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि उक्त सभामा पेश हुनेछ। कम्पनीले लाभांश सम्बन्धी भने कुनै प्रस्ताव समावेश गरेको छैन ।

सभा प्रयोजनका कम्पनीले फागुन २६ गते बुक क्लोज गर्ने भएको छ। फागुन २५ गतेसम्म कायम रहने शेयर धनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् ।