काठमाडौँ। गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको साधारण शेयर (आईपीओ) (पुस ६) गते आइतबार वितरण गरिने भएको छ ।

उक्त कम्पनीको आइपीओ आइतबार बाँडफाँड गर्ने तयारी भएको बिक्री प्रबन्धक कुमारी क्यापिटलले जनाएको छ । कम्पनीको आईपीओ १९ लाख ८ हजार ४३१ जनाले भरेका छन्। तर कम्पनीको आइपीओ १ लाख ८४ हजार ५०० जनाले १० कित्ताका दरले मात्र पाउने छन् ।

यसको आधारमा आईपीओ गोलाप्रथाद्धारा बाँडफाँड हुनेछ । कूल १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि आवेदन माग भएकोमा २ करोड ५२ लाख ७ हजार ६९० कित्ताका लागि आवेदन परेको इन्सोरेन्सले जनाएको छ ।