काठमाडौँ। आज मंगलवारका दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ। सुन तोलामा १ हजार १०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ५७ हजार रुपैयाँमा किनबेच भइरहेको थियो। यता,चाँदीको मूल्य भने प्रतितोला एक हजार ८७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।