काठमाडौँ। अघिल्लो दिन प्रतितोला २७ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको हो । नेपाली बजारमा आज प्रतितोला १२ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ६७ हजार ५ सय रुपैयाँ कायम थियो।
सुनको मूल्यसँगै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य १५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९७० रुपैयाँ कायम भएको छ । आज अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्य ०.६० प्रतिशत अर्थात् १७.२१ डलरले बढेको छ।