काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपालीका लागि ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले बिक्री खुला गरेको आइपीओमा १३ करोड ७२ लाख ७५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

आज अन्तिम दिन सम्म ५१ हजार ७२९ जनाले १३ लाख ७२ हजार ७६० कित्ताका लागि आवेदन दिएको सीडीएसले जनाएको छ । जुन मागभन्दा ७.६२ गुणा बढी आवेदन हो ।

कम्पनीले माघ २१ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ८० हजार कित्ता सेयर आइपीओ जारी गरेको थियो । ओम मेगाश्रीले नेपाल धितोपत्र बोर्डबाट कुल १८ लाख कित्ता प्राथमिक सेयर निष्कासनको अनुमति पाएको थियो ।

जसको १० प्रतिशत अर्थात १ लाख ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्री खुला गरेको हो । आइपीओको निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।