काठमाडौँ । साताको पहिलो कारोबारका दिन सेयर बजारमा गिरावट आएको छ । आज फराकिलो अंकले नेप्से घटेको छ।
यस दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४६.३३ अकंले घटेर २७७२.१० बिन्दुमा कायम भएको छ। आज २ करोड २७ लाख २६ हजार कित्ता शेयर किनबेच हुँदा १० अर्ब ९ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
साथै, यसदिन १३ वटै उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको १.३६ प्रतिशत, विकास बैंक समूहको १.७१ प्रतिशत, फाइनान्स समूहको १.८७ प्रतिशत, इन्भेष्टमेन्ट समूहको २.४९ प्रतिशतले शेयर मूल्य बढेको छ।
आइतबार २४ कम्पनीको शेयर मूल्य बढ्दा २१७ कम्पनीको घटेको छ । यससँगै बजार २८ सयको मनोवैज्ञानिक विन्दुभन्दा तल अर्थात् २७ सयको तहमा आएको हो । ३ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।
अहिलेको तरल राजनीतिक अवस्थाका कारण पनि लगानीकर्ता डराउँदा सेयर बजार थप कमजोर बन्न गएको कतिपयको अनुमान छ । सेयर बजारमा उतारचढाव आइरहन्छ । यो बजारको स्वाभाविक प्रक्रिया हो। तर समग्रमा हेर्दा भने अहिले बजार बुल रनमै भएको विश्लेषकहरू बताउँछन्।







