काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, कालापानी र लिम्पियाधुरा भ्रमणको कुनै तयारी नभएको बताएका छन्।

प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा राप्रपा सांसद बुद्धिमान तामाङले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् ।

राप्रपा सांसद तामाङले लिपुलेक, कालापानी र लिम्पियाधुरा भ्रमणमा प्रधानमन्त्रीज्यू कहिले जानुहुन्छ? भ्रमणको कुनै कार्यक्रम बनेको छ कि छैन भन्दै प्रश्न गरेका थिए ।

सोही प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले अहिले तत्काल योजना नबनेको बताउँदै पछि जान सकिने बताएका छन्।

प्रधानमन्त्री ओलीले सांसद तामाङलाई प्रतिप्रश्न गर्दै भने, ‘माननीय ज्यूको योजना बनेको छ कि के हो? योजना बनेको भए राम्रो कुरा हो ।’