काठमाडौँ । वाणिज्य बैंकहरुको औसत आधार दर २.३१ प्रतिशत विन्दुले ओरालो लागेको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को चैतमा औसत ८.६३ प्रतिशत रहेको वाणिज्य बैंकहरुको आधार दर ६.३२ प्रतिशतमा कायम भएको छ ।

बैंकले दिने कर्जाको ब्याजदर निर्धारण गर्ने प्रमुख आधार नै आधार दर (बेस रेट) हो । बेस रेटमा शून्यदेखि ७ प्रतिशतसम्म प्रिमियम थपेर बैंकहरुले ब्याजदर तोक्न पाउँछन् । बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना ग्राहकहरूलाई कर्जा प्रवाह गर्दा कर्जाको ब्याजदर निर्धारण गर्नुपर्दछ ।

अहिले ३ वटा वाणिज्य बैंकको आधार दर साढे ५ प्रतिशतले तल झरेको छ। स्ट्याण्डर्ड चार्टर्ड, एभरेष्ट, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको आधार दर ६ प्रतिशत भन्दा कम छ।

यस अवधिमा स्ट्याण्डर्ड चार्टर्डको आधार दर ५.०९ प्रतिशतमा आइपुगेको छ। त्यसैगरी, राष्ट्रिय वाणिज्य बैंकको ५.०२ प्रतिशत र एभरेष्ट बैंकको ५.४५ प्रतिशतमा झरेको छ। गत वर्षको सोही अवधिमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको आधार दर ६.५३, राष्ट्रिय वाणिज्य बैंकको ७.३१ र एभरेष्ट बैंकको ८.१३ प्रतिशत थियो।

त्यस्तै, एनआईसी एशिया बैंकको आधार दर भने ७.०२ प्रतिशत छ। बैंकहरुले आधार दरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थपेर ऋण दिने गर्दछन् । आधार दर घट्नुको कारण भनेको नै ऋणको ब्याजदर सस्तो हुनु हो। कर्जाको ब्याजदर आधार दर (बेस रेट) मा लिंक गरेको हुन्छ । आधार दर जहिले पनि तीन–तीन महिनामा घटबढ हुने गर्दछ । यो अटोमेटिक घटबढ हुने गर्दछ ।

                                                   बेसरेट कुन बैंकको कति ?

वाणिज्य बैंक२०८१ चैतसम्मको
आधार दर
२०८० चैतसम्मको
आधार दर
फरक %
नेपाल५.९६७.९९-२.०३
राष्ट्रिय वाणिज्य५.०२७.३१-२.२९
नबिल५.९७८.३६-२.३९
नेपाल इन्भेष्टमेन्ट मेगा६.१८.५२-२.४२
स्टान्डर्ड चार्टर्ड५.०९६.५३-१.४४
हिमालयन६.८९.८४-३.०४
नेपाल एसबिआइ६.७३८.९५-२.२२
एभरेष्ट५.४५८.१३-२.६८
एनआइसी एशिया७.२८.८६-१.६६
माछापुच्छ्रे६.५२८.९७-२.४५
कुमारी६.७८९.६३-२.८५
लक्ष्मी६.७२९.१२-२.४
सिद्धार्थ६.४३८.४६-२.०३
कृषि६.०९८.६८-२.५९
ग्लोबल आइएमई६.३८८.८४-२.४६
सिटिजन्स६.६२८.९९-२.३७
प्राइम६.८२९.२७-२.४५
एनएमबि६.४९९.१५-२.६६
प्रभु६.८२८.७५-१.९३
सानिमा६.४३८.३५-१.९२
औसत६.३२१८.६३५-२.३१४