काठमाडौँ । वाणिज्य बैंकहरुको आधार दर (बेस रेट) मा गिरावट आएको छ । हाल बैंकहरुको आधार दर ५ प्रतिशतसम्म झरेको छ । कर्जाको माग नभएको कारण लगानीयोग्य रकम (तरलता) थुप्रिएसँगै बैंकहरुले घटाउँदै आएको निक्षेपको ब्याजदरले लागत घटेर बेस रेट तल झरेको हो ।

अहिले तीन वटा वाणिज्य बैंकको बेस रेट ६ प्रतिशतभन्दा तल छ। जसमा, स्ट्याण्डर्ड चार्टर्ड, एभरेष्ट र राष्ट्रिय वाणिज्य बैंकको बेस रेट साढे ५ प्रतिशतभन्दा तल आएको हो। बैंकहरुले पछिल्लो डेढ वर्षयता निक्षेपको ब्याजदर घटाउँदै आएका छन्। जसले गर्दा बेस रेटमा समेत निरन्तर गिरावट आएको छ ।

समीक्षा अवधिसम्म स्ट्याण्डर्ड चार्टर्डको बेस रेट ५.०३ प्रतिशतमा आइपुगेको छ भने राष्ट्रिय वाणिज्य बैंकको ५.२८ र एभरेष्ट बैंकको ५.४६ प्रतिशतमा झरेको छ। बेस रेट घट्नु भनेको ऋणको ब्याजदर सस्तो हुनु हो।

बैंकहरुले बेस रेटमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थपेर ऋण दिन्छन्। कर्जाको माग अपेक्षाजनक रूपमा बढ्न नसकेका कारण बैंकहरुले ०.१० प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा उपलब्ध बनाउदै आएका हुन् ।

बैंकको बेस रेट कुनको कति ?