काठमाडौं । वाणिज्य बैंकहरुले प्रोभिजन फर रिक्स वापत ३४ अर्बबढी रकम छुट्याएका छन्। चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनामा वाणिज्य बैंकहरुले प्रोभिजन फर रिक्स वापत ३४ अर्ब भन्दाबढी रकम छुट्याएका हुन् ।

बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिएका ऋणीहरुले आफूले तोकेको समयमा ऋण नतिर्दा बैंक तथा वित्तीय संस्थाहरुले प्रोभिजन फर रिक्स वापत रकम छुटाउने गर्दछन् । यसलाई बैंक तथा वित्तीय संस्थाहरुमा ‘प्रोभिजन फर रिक्स’ भन्ने गरिन्छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २० वटा वाणिज्य बैंकहरुले कार्तिक मसान्तसम्म प्रोभिजन फर रिक्स वापत कुल ३४ अर्ब ७९ करोड ९० लाख रूपैयाँ छुटाएका हुन् । यो रकम गत आर्थिक वर्ष २०८१/८२ को तुलनामा ३८.४९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको कार्तिक मसान्तसम्म वाणिज्य बैंकहरुले प्रोभिजन फर रिक्स वापत २५ अर्ब १२ करोड ६० लाख रूपैयाँ छुटाएका थिए ।

जसमा राष्ट्रिय वाणिज्य बैंकले प्रोभिजन फर रिक्स वापत २ अर्ब १० करोड ९४ लाख रूपैयाँ छुटाएको छ । यो गत आवको तुलनामा २४.२० प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ६९ करोड ८२ लाख रूपैयाँ छुटाएको थियो ।

नेपाल बैंकले कार्तिक मसान्तसम्म प्रोभिजन फर रिक्स वापत १ अर्ब २ करोड २९ लाख रूपैयाँ छुटाएको छ । यो गत आवको तुलनामा ४१.५१ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ७४ करोड ८९ लाख रूपैयाँ छुटाएको थियो ।

नबिल बैंकले प्रोभिजन फर रिक्स वापत १ अर्ब ३६ करोड रूपैयाँ छुटाएको छ । यो गत आवको तुलनामा २९.५६ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ४ करोड ९६ लाख रूपैयाँ छुटाएको थियो ।

त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले प्रोभिजन फर रिक्स वापत ४ अर्ब ९४ करोड १६ लाख, स्ट्याण्डर्ड चाटर्ड बैंकले ३२ करोड २६ लाख, नेपाल एसबीआई बैंकले १ अर्ब २८ करोड १६ लाख, एभरेष्ट बैंकले ४४ करोड २४ लाख, एनआईसी एसिया बैंकले २ अर्ब ४३ करोड ४४ लाख, माछापुच्छ्रे बैंकले ५७ करोड ५१ लाख रूपैयाँ छुटाएका छन् ।

लक्ष्मी सनराइज बैंकले प्रोभिजन फर रिक्स वापत ३ अर्ब ४ करोड ६९ लाख, सिद्वार्थ बैंकले १ अर्ब ४१ करोड ६ लाख, कृषि विकास बैंकले १ अर्ब ७० करोड ३४ लाख, ग्लोबल आईएमई बैंकले १ अर्ब १ करोड रूपैयाँ छुटाएका छन् ।

यस्तै, कुमारी बैंकले प्रोभिजन फर रिक्स वापत ३ अर्ब २१ करोड ६४ लाख, प्राइम बैंकले ६८ करोड ८५ लाख, सानिमा बैंकले १ अर्ब ५५ करोड ३१ लाख,सिटिजन्स बैंकले २ अर्ब २६ करोड २१ लाख, प्रभु बैंकले २ अर्ब ८९ करोड ७९ लाख र एनएमबी बैंकले २ अर्ब ५१ करोड ८० लाख  रूपैयाँ छुटाएका छन् ।