काठमाडौँ । आगामी वर्षको बजेटले आर्थिक क्षेत्रलाई चलायमान बनाउनेमा आफू विश्वस्त रहेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् ।

नेपाली कांग्रेस उद्योग तथा व्यापार विभागले आज काठमाडौँमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सभापति देउवाले मुलुकलाई आर्थिक रूपमा सक्षम बनाउनुपर्ने अहिलेको आवश्यकता रहेको धारणा राखेका छन् ।

उनले मुलुकको आर्थिक विकासमा सरकारका साथै निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने भएकाले आगामी बजेटमा निजी क्षेत्रले उठाएका मागहरू सम्बोधन हुने बताए छन्।

डिजिटल अर्थतन्त्रले विश्व बजारमा ठूलो हिस्सा ओगटेका स्मरण गर्दै देउवाले सरकार र निजी क्षेत्रले विशेष ध्यान दिन आवश्यक रहेको धारणा राखेका छन् ।