काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको प्रोडक्ट एड्भोकेटमा नमिता न्यौपाने नियुक्त भएकी छिन् । कम्पनीका अनुसार उनी सानिमा रिलायन्स धनपति जीवन बीमा योजनाको एड्भोकेट नियुक्त भएकी हुन् ।

सानिमा रिलायन्सको प्रोडक्ट एडभोकेट बनेकी न्यौपानेले बीमा क्षेत्रमा मात्र नभई समाजका अन्य क्षेत्रमा पनि योगदान पुर्‍याएकी छिन् । उनी कोशी प्रदेश योजना आयोगकी सदस्य, राजनीतिकर्मी, समाजसेवीका साथै होटेल तथा मेडिकल व्यवसायी समेत हुन् ।

सानिमा लाइफ इन्स्योरेन्सबाट न्यौपाने टिओटी २०२५, टिओटी २०२४, एमडीआरटी २०२३, टिओटी २०२२, सीओटी २०२१ र एमडीआरटी २०२० बन्न समेत सफल भएकी छिन् । कम्पनीका महत्त्वपूर्ण योजनाहरूमा न्यौपाने बिजेता बन्ने गरेको इन्स्योरेन्सले जनाएको छ ।

सानिमा रिलायन्स लाइफले धनपति बीमा योजना भिन्न उत्पादन रहेको जनाएको छ ।

धनपति बीमा योजना

धनपति बीमा योजनामा बीमालेख चालु रहेको अवस्थामा निश्चित समयको अन्तरालमा बीमांकको निश्चित प्रतिशत भुक्तानी हुने समेत कम्पनीले जनाएको छ । सोही योजनामा तीन विशेष वर्षलाई लक्षित गरेर कम्पनीले आफ्नो बीमितले पाउने रकमको योजना तय गरेको छ ।

१२ वर्षे

१२ वर्षको बीमांक अधिमा चैथो वर्षमा बीमांकको २५ प्रतिशत रकम बीमितले पाउन सक्नेछन् । सोही योजनामा ८ वर्षमा फेरी बीमांकको २५ प्रतिशत र १२ वर्षमा बीमांकको ५० प्रतिशत रकम र बोनस प्राप्त गर्न सक्ने छन् । कम्पनीका अनुसार कम्पनीले दिएको उक्त चौथो र आठौं वर्षको रकममा समेत बोनस कायम हुनेछ ।

१५ वर्षे

१५ वर्ष अवधिको बीमा गर्दा बीमितले ५ औं वर्षमा बीमांकको २५ प्रतिशत रकम र बोनस, १० औं वर्षमा बीमांको २५ प्रतिशत र बोनस तथा १५ औं वर्षमा बीमांकको ५० प्रतिशत रकम र बोसन पाइने व्यवस्था गरिएको छ ।

२० वर्षे

२० वर्ष अवधिको बीमामा बीमितले ५ औं वर्षमा २० प्रतिशत, १० औं वर्षमा २० प्रतिशत, १५ वर्षमा २० प्रतिशत र २० औं वर्षमा बीमांको ४० प्रतिशत रकम र बोनस दिइने छ । बीमितलाई रहेक पटक बीमांको जति प्रतिशत बराबर रकम दिए पनि उनलाई सोही बेलामा बीमितले पाउने निश्चित बोनस समेत दिइने जनाइएको हो ।

साथै धनपति बीमा योजना खरिद गर्नका लागि बीमितको प्रवेश उमेर १८ तथा अधिकतम ५० वर्ष तोकिएको छ । त्यस्तै, बीमांक रकम ५० हजार रुपैयाँदेखि असिमितसम्म राखिएको छ ।

यस्तै अधिकतम बीमा समाप्ति उमेर वर्ष भने ६२, ६५ र ७० तोकिएको छ । सोही बेलामा बीमा अवधि भने १२ वर्ष १५ वर्ष र २० वर्ष तोकिएको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले जनाएको छ ।