काठमाडौं। सिटी होटल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १७ करोड ३८ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत वर्षको सोही अवधिको कम्पनी १५ करोड ३७ लाख रुपैयाँ घाटामा थियो ।
समिक्षा अवधिमा होटलको वित्तीय खर्च भने २५ करोड ४८ रुपैयाँबाट घटेर २० करोड ५७ लाख रुपैयाँमा झरेको छ । यसअवधिमा होटलको सञ्चालन आम्दानी भने ३१.४५ प्रतिशतले घटेर २५ करोड ३८ लाख रुपैयाँमा झरेको छ ।
यस्तै, कुल आम्दानी पनि ४२ करोड रुपैयाँबाट घटेर ३७ करोड ५४ लाख रुपैयाँमा झरेको छ । चुक्ता पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ रहेको सिटीको अन्य इक्विटी ३३ करोड ५९ लाख रुपैयाँ ऋणात्मक छ । कम्पनीको प्रतिसेयर आम्दानी १०.३८ रुपैयाँ ऋणात्मक र प्रतिसेयर नेटवर्थ ७९.९३ रुपैयाँ छ ।