काठमाडौँ । सुनको मूल्य यस साता प्रतितोला ६ हजार ७०० रुपैयाँ बढेको छ। साताको पहिलो दिन आइतबार प्रतितोला १ लाख ८४ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन, साताको अन्तिम दिन १ लाख ९० हजार ८०० रुपैयाँमा कारोबार भएको छ।

सुनको मूल्यसँगै यस साता चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला १ हजार ९१० रुपैयाँमा कारोबार भएको चाँदी, शुक्रवार १ हजार ९६० रुपैयाँ कारोबार भएको छ।

अमेरिकाको चीनसँगको व्यापार युद्ध यथास्थितिमा रहनु र ट्यारिफ दरहरू निषेधात्मक रूपमा उच्च रहेको साथै ट्रम्पको अमेरिकी आर्थिक सुधारको नीति लगायत स्टक मार्केटमा सुधारको नीति, फेडरल बैंकमा ब्याजदर कटौती लगायतका कारणहरूले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ ।