काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) लाई ५ अर्ब रुपैयाँ बराबरको ऊर्जा ऋणपत्र निष्कासन गर्न बोर्डले अनुमति दिएको छ ।
निफ्रालाई प्रतिकित्ता १ हजार रुपैयाँका दरले ५० लाख इकाई ऋणपत्र निष्कासन गर्न नेपाल धितो पत्र बोर्डले अनुमति दिएको हो । अब निफ्राले कुल इकाईमध्ये २ अर्ब रुपैयाँको २० लाख इकाई सर्वसाधारणलाई जारी गर्ने छ ।
बाँकी ३ अर्ब रुपैयाँ बराबरको ३० लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संस्थाहरूलाई बिक्री गर्नेछ । निफ्राले ७ वर्ष अवधि तथा वार्षिक ६ प्रतिशत ब्याजदर रहेको “६ % निफ्रा ऊर्जा ऋणपत्र २०८८/८९” नामको ऋणपत्र निष्कासन गर्न लागेको हो ।
ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआइएमबी एस क्यापिटल लिमिटेडलाई जिम्मेवारी दिइएको छ ।