काठमाडौँ । आगामी महिना असार १ गतेदेखि राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ।
यस अगाडि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर १ः१ को अनुपातमा निष्कासन गर्न अनुमति पाएको थियो । यसका लागि कम्पनीले जेठ ६ गते बुक क्लोज गरिसकेको छ।
यसर्थ जेठ ५ गतेसम्म कम्पनीको साधारण शेयर खरिद गरेका लगानीकर्ताले मात्रै यो हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्। यस हकप्रदमा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल नक्साल काठमाडौँ र राप्ती हाइड्रोको कर्पोरेट कार्यालय त्रिपुरेश्वर, काठमाडौँबाट आवेदन दिन सकिनेछ।
आवेदन दिने अन्तिम मिति असार २२ गतेसम्म रहेको छ। साथै मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरू बिर्तामोड झापा, विराटनगर मोरङ, विरगंज–पर्सा, जनकपुर–धनुषा, नारायणगड– चितवन, पोखरा–कास्की, बुटवल–रुपन्देही, नेपालगन्ज–बाँके, वीरेन्द्रनगर–सुर्खेत, धनगढी–कैलाली र महेन्द्रनगर–कञ्चनपुरबाट आवेदन दिन सकिनेछ।






