काठमाडौँ । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको हकप्रदमा आवेदन दिने समय थप गरेर असार २४ गतेसम्म पुर्‍याइएको छ । कम्पनीले गत असार १ गतेदेखि हाल कायम चुक्तापूँजी ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँ बराबरको १ः१ अनुपातमा रु १०० अंकित दरका ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद निष्कासन गरेको छ।

यो हकप्रदमा असार २२ गतेसम्म आवेदन दिन सकिने जनाइएको थियो । तर यसमा मिति थप गरेर असार २४ गतेसम्म दिन पाइने भएको छ ।

लगानीकर्ताले त्रिपुरेश्वरस्थित राप्ती हाइड्रोको कर्पोरेट कार्यालय, मुक्तिनाथ क्यापिटल नक्साल, मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरू, बिर्तामोड, विराटनगर,जनकपुर,नारायणगढ,पोखरा, नेपालगञ्ज,सुर्खेत, धनगढी र महेन्द्रनगर कार्यालय र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यस्तै सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन सकिनेछ।

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। हकप्रद सेयर निष्काशन प्रयोजनका लागि कम्पनीले गत जेठ ६ गते बुक क्लोज गरेको थियो। त्यसकारण जेठ ५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयर धनीहरूले हकप्रद खरिदका लागि आवेदन दिन सक्नेछन्।