काठमाडौँ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले चालू आर्थिक वर्ष २०८२/०८३ को प्रथम, द्धितिय र तृतीय चौमासिक अवधिमा उठाउनुपर्ने आन्तरिक ऋणको तालिका सार्वजनिक गरेको छ।
सार्वजनिक तालिका अनुसार, प्रथम चौमासिक अवधिमा विभिन्न अवधि र फरक फरक मितिमा विकास ऋणपत्रको बोलकबोल गर्ने र निष्कासन मिति समेत निर्धारण गरिएको छ । कार्यालयले १० अर्बका विभिन्न विकास ऋणपत्रहरू विभिन्न मितिमा बोलकबोल र निष्कासन हुने गरी तालिका सार्वजनिक गरेको छ ।
जसमा १० अर्ब विकास ऋणपत्रको बोलकबोल चालू आवको साउन ७ मा हुनेछ । ३ वर्षे भुक्तानी अवधिका लागि उक्त विकास ऋणपत्रको निष्कासन भने साउन ८ गते हुनेछ। त्यस्तै, १० अर्बकै ४ वर्षे भुक्तानी अवधिसहितको विकास ऋणपत्र साउन १४ गते बोलकबोल हुने र साउन १५ गते ऋणपत्र निष्कासन हुनेछ ।
त्यस्तै, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सोही रकमको ११ वर्षे भुक्तानी अवधिसहितको विकास ऋणपत्र साउन २१ गते बोलकबोल हुने र साउन २२ गते ऋणपत्र निष्कासन हुनेछ । त्यस्तै, ८ वर्षे भुक्तानी अवधिको विकास ऋणपत्रको बोलकबोल साउन २८ गते हुनेछ भने ऋणपत्र निष्कासन साउन २९ गते गर्ने गरी तालिका सार्वजनिक भएको छ।
१० वर्षे भुक्तानी अवधिका लागि २०८२ भदौ ४ गते बोलकबोल र भदौ ५ गते ऋणपत्र निष्कासन गरिँदै छ । त्यस्तै, फेरि १० अर्बको रकमको ३ वर्षे भुक्तानी अवधिका लागि भदौ ११ गते बोलकबोल गर्ने र भदौ १२ गने ऋणपत्र निष्कासन गर्ने मिति तय भएको छ।
१० अर्बको विकास ऋणपत्रका लागि ९ वर्षे भुक्तानी अवधिको बोलकबोल भदौ १८ मा र ऋणपत्र निष्कासन भदौ १९ मा हुनेछ । त्यस्तै, सोही रकमको ६ वर्षे भुक्तानी अवधिसहित विकास ऋणपत्रको बोलकबोल भदौ २५ र ऋणपत्र निष्कासन भदौ २६ मा हुनेछ ।
साथै, ११ वर्षे भुक्तानी अवधिको विकास ऋणपत्रको बोलकबोल असोज १ गते र असोज २ गते ऋणपत्र निष्कासन गर्ने कार्य तालिका छ । ७ वर्षे भुक्तानी अवधिको विकास ऋणपत्रको बोलकबोल असोज २२ र ऋणपत्र निष्कासन असोज २३ मा हुनेछ । र, ५ वर्षे भुक्तानी अवधिको विकास ऋणपत्रको बोलकबोल असोज २९ र ऋणपत्र असोज ३० मा निष्कासन हुने गरी तालिका सार्वजनिक भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।







