काठमाण्डौ । गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गर्ने पहिलो बैंक बनेको छ माछापुच्छ्रे बैंक ।  बैंकले शुक्रबार ८ प्रतिशत लाभांशको घोषणा गरेको हो ।

शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले सेयरधनीका लागि ४ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश(कर प्रयोजनसहित) गरी कुल ८ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो ।

जगेडा कोष मजबुत गर्दै माछापुच्छ्रे बैंक,पछिल्लो ५ वर्षमा यसरी गर्‍यो प्रगति (कम्पनी विश्लेषण )

माछापुच्छ्रे बैंकले देशका हरेक बर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउदैँ आएको छ ।