काठमाडौँ । ३ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर जारी गर्न माछापुच्छ्रे बैंकले अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले बैंकलाई १०० रुपैयाँ अंकित दरका कुल ३ करोड कित्ता अविमोच्य, असञ्चिति अग्राधिकार सेयर निष्कासन गर्न स्वीकृति दिएको हो।
बैंकले जारी गर्ने उक्त अग्राधिकार सेयरमा वार्षिक ८.२५ प्रतिशत लाभांश दर निर्धारण गरिएको छ। यो लाभांश बैंकले मुनाफा आर्जन गरेको वर्षमा मात्र वितरण हुनेछ। सेयर निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लाई दिइएको छ।
अग्राधिकार सेयरमार्फत बैंकले पूँजी आधार सुदृढ गर्दै वित्तीय संरचना मजबुत बनाउने लक्ष्य लिएको जनाएको छ।







