काठमाडौं। रिभर फल्स पावर लिमिटेडले जारी गरिरहेको हकप्रद शेयरमा आवेदन दिने समय सीमा थप गरिएको छ। यसअघि असोज १२ गते अन्तिम मिति तोकिएकोमा अब असोज २६ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

कम्पनीले साउन २२ गतेसम्म कायम रहेका शेयरधनीहरूलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ बराबर १ को अनुपातमा ७० लाख कित्ता हकप्रद शेयर जारी गरिरहेको हो। भदौ २३ गतेदेखि बिक्री खुला भएको हकप्रदको निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

इच्छुक शेयरधनीले प्रभु क्यापिटलको कमलादीस्थित कार्यालय, प्रभु बैंकका बेशिशहर, पोखरा, वीरगञ्ज, इलाम, बुटवल, सुर्खेत र धनगढी शाखाबाट वा मेरो शेयर प्रणाली प्रयोग गरी सजिलै आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ।