काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको आईपीओ भर्ने आज अन्तिम मौका रहेका छ। कम्पनीले यही असोज २६ गतेदेखि सर्वसाधारणका लागि निष्कासन गरिरहेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ३२ लाख ६२ हजार ५०० कित्ता आईपीओ जारी गर्ने अनुमति पाएकोमा वैदेशिक रोजगारीमा रहेकालाई ३ लाख ९ हजार ९३८ कित्ता र आयोजना प्रभावितलाई १ लाख ६३ हजार १२५ कित्ता आईपीओ बाँडफाँड गरिसकेको छ ।

कम्पनीले अब सामूहिक लगानी कोषलाई १ लाख ५४ हजार ९६९ कित्ता र कम्पनीका कर्मचारीलाई १ लाख २३ हजार ९७५ कित्ता आईपीओ सुरक्षित गरी सर्वसाधारणलाई बाँकी बसेको २५ लाख १० हजार ४९३ कित्ता जारी गरेको हो।

यसमा आवेदन दिंदा घटीमा १० कित्ताका लागि र बढीमा १० हजार कित्तासम्म माग गर्न सकिनेछ। यसमा आज असोज २९ गते बैंकिङ्ग समयपछि आवेदन लिने प्रक्रिया बन्द गरिने कम्पनीले जानकारी दिएको छ। यसमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धको काम नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।