काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० दरको नयाँ नोट छाप्ने ठेक्का चिनियाँ कम्पनीलाई दिएको छ । केन्द्रीय बैंकले आज (बुधबार) एक सूचना जारी गर्दै चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनलाई नयाँ नोट छाप्ने ठेक्का दिएको जनाएको हो ।
कम्पनीले १ करोड ४ लाख २२ हजार ५३५.२१ अमेरिकी डलरमा नोट छाप्ने ठेक्का पाएको हो । अब यो चिनियाँ कम्पनीले ५० दरका ४२ करोड थान नयाँ नोट छाप्नेछ। कम्पनीले नोट डिजाइन, छपाइ र आपूर्तिसम्मको काम गर्नुपर्नेछ ।