काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । अघिल्लो दिन दोहोरो अंकले बढेको बजार आज १९.४३ अंकले घटेर २५२८.१६ को विन्दुमा कायम भएको हो ।
आज विभिन्न ३१७ कम्पनीको ७४ लाख ८८ हजार २७३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३६ करोड ६१ लाख ९८ हजार रुपैयाँको कारोबार भएको छ । सेयर बजारमा गिरावट आउँदा दश उपसूचक राताम्मै भएको छ ।
उक्त दिन समाज लघुवित्तको सेयरमा नकरात्मक सर्किट लाएको छ । त्यस्तै, यसदिन वाणिज्य बैंक समूहको ०.८२ प्रतिशत, विकास बैंक समूहको १ प्रतिशत, फाइनान्स समूहको १.४० प्रतिशतले शेयर मूल्य घटेको छ।
उक्त दिन नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३२ करोड ७ लाख ८३ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको हिमालयन रिइन्स्योरेन्स कम्पनीको १६ करोड ९ लाख १२ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।