काठमाडौँ। केही समययता लय बिहिन रहेको शेयर बजार आज सुधारको संकेत देखाएको छ। आज नेप्से परिसूचक ४४.२५ अंकले बढेर २५४७.६० बिन्दुमा पुगेको छ। आज ३३० कम्पनीका ९९ लाख ४ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९७ करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ।

बजारमा आएको सुधारसँगै लगानीकर्तामा सकारात्मक उत्साह देखिएको छ। नियामक निकाय अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक सक्रिय भई बजार सुधारका लागि पहल गरिरहेका छन्। धितोपत्र बोर्डले बजार सुधारका लागि कार्यदलले पेश गरेको ९ बुँदा कार्यान्वयन चरणमा रहेको जानकारी दिएको छ।

आज १३ वटै उपसूचकमा हरियाली देखिएको छ। उक्त दिन सेयर बजारमा वृद्धि हुँदा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, नेपाल रिइन्स्योरेन्स कम्पनी, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

वाणिज्य बैंक समूह ०.२८ प्रतिशत, विकास बैंक समूह १.४१ प्रतिशत, फाइनान्स समूह १.०२ प्रतिशत र होटल तथा पर्यटन समूह ३.३५ प्रतिशतले वृद्धि गरेको छ।