काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजन समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् पुनस्स्थापना भन्नु हास्यास्पद रहेको बताएका छ्न ।

पार्टी मुख्यालय पेरिसडाँडामा अखिल नेपाल ट्रेड युनियन महासंघद्वारा आयोजित चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

प्रचण्डको थप टिप्पणी छ, ‘केपी ओली प्रधानमन्त्री हुँदा संसद् विघटन भयो, तत्कालीन राष्ट्रपतिको भूमिकाले त्यो संकट अझ चर्कियो । अहिले उनीहरूकै समूहले संसद पुनस्स्थापनाको कुरा गर्नु विडम्बनापूर्ण हो ।’

उक्त चुनावमा सहभागी हुने भनेर नेकपा माओवादी केन्द्रले निर्णय गरिसकेको छ । नेपाली कांग्रेसले पनि चुनावी वातावरण बनाउन सरकारलाई खबरदारी गर्दै आएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि आफूलाई चुनावको पक्षमा उभ्याएको छ ।