काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत जारी प्रारम्भिक मतगणनामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ अग्रस्थानमा देखिएका छन्।

हालसम्म सार्वजनिक भएको मत परिणामअनुसार प्रचण्डले ८०३ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार लिलामणि गौतमले २१० मत पाएका छन्।

त्यसैगरी नेपाली कांग्रेसकी उम्मेदवार कुसुम थापा मगरले १४६ मत प्राप्त गरेकी छन्। मतगणना जारी रहेकाले अन्तिम परिणामका लागि अझै मतगणना हुन बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।