काठमाडौँ । बरुण हाइड्रो पावर कम्पनी लिमिटेडले लिलामीमा ल्याएको अवितरित हकप्रद शेयर बाँडफांड भएको छ । कार्तिक २ गते ति शेयर बाँडफांड गरिएको बिक्री प्रबन्धक आरविवि मर्चेन्टले जनाएको छ।

कम्पनीले भदौ २९ गतेदेखि असोज १२ गतेसम्म हकप्रदमा अवितरित शेयर लिलाम बिक्री खुला गरेको थियो। कम्पनीले सर्वसाधारण समूहको कुल २ लाख ३८ हजार ४ सय ४३ कित्ता शेयर लिलाममा ल्याएको थियो।

असोज २८ गते लिलामीमा परेको बोलपत्रहरु खोलिएको थियो । जसमा यी शेयरको कट अफ मूल्य २८४.६० रुपैयाँ कायम भएको छ। २८४.६० रुपैयाँभन्दा बढी रकम कबुल गरेर आवेदन दिनेले शेयर पाएका छन् भने २८४.६० रुपैयाँमा आवेदन दिनेले समानुपातिक रुपमा शेयर पाएका छन्।

बाँडफांडमा नपरेको रकम कार्तिक १२ गतेदेखि समबन्धित शेयरधनीको बैंक खातामा आईपीएस मार्फत् पठाइने कम्पनीले जनाएको छ।