काठमाडौँ । सीजी ब्रान्डले आयोजना गरेको ‘दशैँ टीका फोटो शेयर एन्ड विन (Dashain Tika Photo Share & Win Contest)’ प्रतियोगिताकी विजेता बुढानिलकण्ठ निवासी श्रीमती सीता खनाल सापकोटालाई पुरस्कृत गरेको छ।
कम्पनीले उनलाई हालै बजारमा सार्वजनिक गरिएको CG Meridia 43GTVU5 43” AI 4K Ultra HD टेलिभिजन प्रदान गरेको हो। यो टेलिभिजन AI फिचर र उच्च गुणस्तरीय 4K दृश्य अनुभव प्रदान गर्ने सीजीको नवीनतम मोडल हो।
विजेता श्रीमती सापकोटा ले खुशी व्यक्त गर्दै भनिन्, “म साँच्चै खुशी छु कि म सीजीको दशैँ टीका ‘Photo Share and Win’ प्रतियोगितामा विजेता बनेँ। CG Meridia 43GTVU5 43” AI 4K Ultra HD Television जित्न पाउँदा मलाई अत्यन्तै खुशी लागेको छ र यस सुन्दर अवसरका लागि म आभारी छु!”
प्रतियोगिताले दशैंको पारिवारिक खुसीका क्षणहरूलाई डिजिटल रूपमा साझा गर्ने अवसर प्रदान गरेको थियो र यसमा देशैभरि बाट सहभागीहरूले पठाएका तस्बिरहरूले नेपाली संस्कृतिको आत्मीयता झल्काएको थियो।
विजेतालाई उक्त टेलिभिजन सीजी ब्रान्ड Home Appliances का प्रतिनिधि श्री भरत प्रसाद साह र श्री सज्ञान ढकालले हस्तान्तरण गर्नु भएको थियो।
सीजीको बजार उपस्थिति:
४० वर्षभन्दा बढी समयदेखि नेपाली उपभोक्ता इलेक्ट्रोनिक्स बजारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सीजी इलेक्ट्रोनिक्स ले गुणस्तरीय उत्पादन, नवप्रवर्तन र उत्कृष्ट सेवा मार्फत लाखौं नेपाली परिवारको विश्वास जितेको छ।
भौतिक सञ्जाल: देशभर २० वटा आधुनिक शोरुमहरू।
बिक्रीपछिको सेवा: ४० वटा सेवा केन्द्रहरूमार्फत बिक्रीपछिको सेवा सुनिश्चित।
अनलाइन बिक्री: ग्राहकहरूको सुविधाका लागि आधिकारिक वेबसाइट cgdigital.com.np मार्फत अनलाइन बिक्री सेवा पनि प्रदान।
यो सञ्जालले ग्राहकलाई छिटो र भरपर्दो प्राविधिक सेवा प्रदान गर्दै, सीजी ब्रान्डलाई गुणस्तर र विश्वसनीयताको पर्याय बनाएको छ।







