काठमाडौँ । बिन्धवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि शतप्रतिशत (१ः१ अनुपातमा) हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले कात्तिक १७ गते यो निर्णय गरेको हो।

हकप्रदको उद्देश्य कम्पनीको दायित्व भुक्तानी गर्न तथा जलविद्युत आयोजनामा थप लगानी जुटाउनका लागि रहेको छ।

यो प्रस्ताव नियामक निकाय धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएपश्चात् कम्पनीको आगामी साधारण सभा मा अनुमोदनका लागि पेश गरिने कम्पनीले जनाएको छ ।